काठमाण्डु – प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएको एक महिना अझै पुगेको छैन । यसबीचमा चीन, भारतसहितका राजदूतहरूले नवनियुक्त प्रधानसेनापति सिग्देलसँग भेटघाट गरिसकेका छन् । अमेरिकी राजदूतले समेत सैनिक मुख्यालयमा भेटवार्ताको लागि समय लिइसकेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रथी सिग्देललाई भदौ २४ बाट लागू हुनेगरी नेपाली सेनाको प्रमुख प्रधान सेनापतिमा नियुक्त गरेका…