माइतीघरमा कुलमानका समर्थक र प्रहरीबीच झडप, प्रदर्शनकारी पक्राउ

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका युवा र प्रहरीबीच झडप भएको छ । ‘प्राधिकरणलाई डुबाउन पाइँदैन’ लगायतका नारा लगाउँदै युवाहरू सडकमा बसेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको हो । झडपका क्रममा प्रहरीले केही युवालाई पक्राउ गरेको छ ।