काठमाण्डु-नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पक्षले कांग्रेस–एमालेसहितको गठबन्धन सरकारमा आफ्नो समूहबाट पठाउने मन्त्रीबारे छलफल गरेका छन् । कोइरालाको विशालनगरस्थित आफ्नै सचिवालयमा कांग्रेस इतर समूहका नेताहरूको आइतबार बैठक बसेको हो । कांग्रेस–एमालेबीच भएको सहमतिअनुसार क्रमशः ११ र १० मन्त्रालयको भागबन्डा भएको छ । तर साना दललाई पनि सरकारमा सहभागी गराउने भएसँगै यी संख्या केही घट्ने छन्…