काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्यसूची मंगलबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटेको छ । यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँमा बिक्री भइरहेकोमा अब १६० रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य १४९…