काठमाण्डु– नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । बिहीबार पनि सुनको मूल्य ८ सय रुपैयाँले नै बढेको थियो । हिजो १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको…