डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा छ : प्रधानमन्त्री

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा जुटेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज लेख्दै साना डिजिटल कारोबारमा लाग्ने शुल्कलाई व्यवस्थित र निःशुल्क बनाउने विषयमा सम्बन्धित अधिकारीसँग सरकार छलफलमा रहेको बताएका हुन् । एकजनाको समस्यालाई आफ्नो स्टाटसमा समेट्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा…