काठमाण्डु – अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर रहेको बताएका छन् । लघुवित्त र मिटरव्याज पीडितहरूले संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले लघुवित्तलाई राष्ट्र बैंकमार्फत् नियमन गरिने भएकाले लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर रहेको बताए । लघुवित्तको दुरुपयोग गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याइने र ऋण लिएकाहरूले पनि…