काठमाण्डु – धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त दिएका तीन उम्मेदरवार बुधबार पनि कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाइएको समयमा अनुपस्थित भएपछि प्रक्रिया रद्द गर्ने तयारी भएको छ । बिहान ९ बजे बोलाइएको अन्तर्वार्तामा तीनै जना अनुपस्थित भएपछि प्रक्रिया रद्द गर्नका लागि आन्तरिक छलफल भइरहेको निकटस्थ स्रोतले जानकारी दियो । अध्यक्ष नियुक्ति सिफारिस समितिले सर्टलिस्टमा परेका…