नेप्से परिसूचक ५९ दशमलव ८७ अंकले बढ्यो, झण्डै ४ अर्बको कारोबार

काठमाण्डु - नयाँ सरकार गठन भएपछि सोमबारबाट उकालो लागेको पुँजीबजारले आज पनि निरन्तरता पाएको छ । मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५९ दशमलव ८७ अंकले बढेर एक हजार नौ सय ८३ दशमलव ९५ अंकमा कायम भएको हो । आज दुई सय ६१ वटा कम्पनीको एक करोड २० लाख २९ हजार छ सय तीन कित्ता…