काठमाण्डु- साताको चौथो दिन सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । कारोबार खुलेको समयदेखि नै ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.५४ अंकले ओरालो लागेर १९ सय ७२ अंकमा झरेको हो । बुधबार २२४ कम्पनीको २९ लाख कित्ता सेयर बिक्री हुँदा १ अर्ब १२ करोड ६२ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।…