भारतबाट एघार महिनामा २ खर्ब ६७ अर्बको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रियो

काठमाण्डु – नेपालले एघार महिनामा २ खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४२ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास भारतबाट आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको हो । सो अवधिमा नेपालले भारतबाट १ खर्ब ४५ अर्ब…