सहकारी महासंघका महाप्रबन्धक सुब्बालाई सहकारी अभियन्ता पुरस्कार

काठमाण्डु - राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा स्वर्गीय गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट सम्मानित भएकी छिन् । झापाको मेची बहुउद्देश्यीय सहकारी संस्थाको २७ औं बार्षिकोत्सव तथा २९ औं साधारणसभाको अवसरमा मंगलबार महाप्रबन्धक सुब्बालाई नगद राशी सहित सम्मान गरेको हो । पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर डा. युवराज खतिवडाले उक्त सम्मान सुब्बालाई प्रदान गरेका थिए ।…