मेगा बैंकको कामु सिइओमा रविना देशराज श्रेष्ठ नियुक्त

काठमाण्डु – मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन् । नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले आज शुक्रबारदेखि लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा नियुक्त गरेको हो । विगत ३१ बर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ…