काठमाण्डु - चालु आर्थिक वर्ष २०७९-८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु खाता घाटा घटेको देखिएको हो । आर्थिक वर्ष २०७८-७९ को माघसम्ममा चालु खाता चार खर्ब ११ अर्ब ३४…