सुनको मूल्य घट्यो, तोलाको कति ?

काठमाण्डु- नेपाली बजारमा आइतवार सुनको मूल्य तोलमा ३०० ले ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता आज चाँदीको मूल्य तोलामा १५ ले ओरालो लागेको छ । चाँदी तोलामा ११ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।