काठमाण्डु – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिका (संखुवासभा जिल्ला)बीच सम्झौता भएको छ । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा तीन संस्थाबीच मंगलबार काठमाण्डुमा सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र…