लक्ष्मी बैंकले मिदिम–१ जलविद्युत आयोजना निर्माणमा कर्जा लगानी गर्ने

काठमाण्डु – लक्ष्मी बैंकले मिदिम खोला–१ जलविद्युत आयोजना निर्माणको लागि कर्जा लगानी गर्ने भएको छ । लमजुङ्ग जिल्लाको कव्होलासोथार र मस्र्याङदी गाँउपालिकामा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको आयोजनाका लागि लक्ष्मी बैंकले कर्जा लगानी गर्ने गरी बुधबार कर्जा सुविधा सम्झौतामा हस्ताक्षर भएको हो । उक्त आयोजनाको निर्माण लागत २ अर्ब ९३ करोड ८२ लाख…