बास्नादार विदेशको चामल होइन, स्वदेशी चामलको भात खाऔं : प्रधानमन्त्री ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रिकिकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्यालाई घटाउनु पर्ने बताएका छन्। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आइतबार आयोजना गरेको वर्तमान अवस्था र भावी सोच बिषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले देशको दुई तिहाइ जनसंख्या कृषिमा भए पनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताए।…