प्रचण्डकी बुहारी विना मगरको गृहजिल्ला कञ्चनपुरमा एमालेले जोगाउला ०७४ को बिरासत ?

काठमाण्डु - स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा दलहरूले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । सात नगरपालिकासहित दुई गाउँपालिका रहेको कञ्चनपुरमा ०७४ को निर्वाचन परिणामअनुसार पाँच पालिका जितेको एमाले पहिलो दल हो । एमालेले कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिका जितेको थियो । तर, एमालेबाट निर्वाचित पुनर्वास र…