काठमाण्डु-पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको आह्वानमा पाकिस्तानमा प्रदर्शन भएको छ । हाल जेलमा रहेका खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई)का समर्थकहरूले इस्लामावादमा विरोध प्रदर्शन गरेका हुन् । एक वर्षभन्दा लामो समयदेखि जेलमा बन्द खानले गत फेब्रुवरीमा भएको निर्वाचनमा भएको जनादेशको अपमान, आफूसहितको अन्यायपूर्ण गिरफ्तारी र तानाशाही शासनको विरोधमा राष्ट्रव्यापी प्रदर्शनको आह्वान गरेका हुन् । विरोधका…