एजेन्सी- चिनियाँ जनमुक्ति सेनाको पश्चिमी कमान्डले नोभेम्बरको अन्त्यदेखि डिसेम्बरको मध्यसम्म संयुक्त आतङ्कवाद विरोधी अभ्यासमा भाग लिन पाकिस्तानमा सेना पठाउने चिनियाँ रक्षा मन्त्रालयले मङ्गलबार घोषणा गरेको छ । यो अभ्यास आतङ्कवाद विरोधी अपरेसनहरूमा केन्द्रित हुने जनाइएको छ । दुवै पक्ष बहु–स्तरीय तथा मिश्रित प्रशिक्षणमा संलग्न भई वास्तविक लडाई प्रक्रिया अनुसार प्रत्यक्ष सैन्य अभ्यास आयोजना गर्ने मन्त्रालयले…