एजेन्सी - अस्ट्रेलियाले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतमाथि लगाएको आरोपको मुद्दा भारतसँग उठाएको बताएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेकी अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले सञ्चारमाध्यमसँग कुरा गर्दै क्यानडामा भएको हत्यामा भारतको संलग्नताको आशंका चिन्ताजनक रहेको बताइन् । वोङले भनिन्, "विषय अझै अनुसन्धानकै क्रममा छ। तर स्पष्ट रूपमा यी रिपोर्टहरू चिन्ताजनक छन्, हामी…