एजेन्सी - दीपावलीको अवसरमा शनिबार राति उत्तर प्रदेशको अयोध्यास्थित सरयू नदीको घाटमा २२.२३ लाख दीप प्रज्वलन गरिएको छ, जुन विश्व कीर्तिमान हो । 'दीपोत्सव २०२३' नाम दिइएको उक्त कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दी बेन पटेल दुवै उपस्थित थिए। गिनिज बुक अफ वल्र्ड रेकर्डका अधिकारीहरूले मुख्यमन्त्रीलाई नयाँ रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन्…