एजेन्सी - दिल्लीमा लगातार बिग्रँदै गएको हावा र प्रदूषणको बढ्दो स्तरबारे टिप्पणी गर्दै सर्वोच्च अदालतले 'यो जनताको स्वास्थ्यको हत्या हो' भनेको छ। अदालतले हरेक जाडो मौसममा दिल्लीमा प्रदूषण बढ्नुको कारण छिमेकी राज्य हरियाणा र पञ्जाबमा बालीको अवशेष जलाउनु रहेको बताएको छ। सर्वोच्च अदालतले पञ्जाब सरकारलाई पराल जलाउने घटना रोक्नको लागि कदम चाल्न भनेको छ। सर्वोच्च…