खराब मौसमका कारण मङ्गोलियामा ५ लाख ६७ भन्दा बढी पशुको मृत्यु

एजेन्सी - मङ्गोलियामा यो वर्ष खराब मौसमका कारण हालसम्म कूल ५ लाख ६७ हजार पशुको मृत्यु भएको छ । मृतक जनावरको सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा झण्डै १० प्रतिशतले बढेको पाइएको छ । मरेका जनावरमध्ये ८५ प्रतिशत बाख्रा र भेडा रहेको तथ्याङ्क निकायले जनाएको छ । यहाँको कुल भूभागको करिब ७० प्रतिशतसम्म हिउँ परेको…