अमेरिकामा एक तिहाइभन्दा बढी मृत्युदण्ड अत्यधिक समस्याग्रस्त: रिपोर्ट

एजेन्सी - यस वर्ष अमेरिकामा एक तिहाइभन्दा बढी मृत्युदण्ड अत्यधिक समस्याग्रस्त रहेको एक नयाँ रिपोर्टले देखाएको छ। मृत्युदण्ड सूचना केन्द्र (डीपीआईसी)ले २० मध्ये सातवटा मृत्युदण्डको प्रयासलाई समस्याग्रस्त वा अत्याधिक समय लागेको जनाएको हो । एउटा घटनामा अलाबामाका जल्लादहरूले आइभी लाइन तय गर्न तीन घण्टा लगाए, जसलाई अमेरिकी इतिहासमा सबैभन्दा लामो घातक सुई मानिएको छ ।…