इस्लामावाद - देशको वर्तमान अवस्थालाई लिएर पाकिस्तानको मानवअधिकार आयोगले चिन्ता व्यक्त गरेको छ । राजनीतिक दलका कार्यकर्तालाई बलपूर्वक बेपत्ता पार्ने तथा उनीहरूमाथिको कारबाहीलाई तीव्र पारिएकामा आयोगले चिन्ता व्यक्त गरेको हो । धार्मिक अल्पसङ्ख्यक, तेस्रो लिङ्गी, ईश्वरको अनादर तथा अस्थिरता सृजना हुने उत्तेजक गतिविधिका कारण देशमा हिंसा बढेको बुधबार सार्वजनिक गरिएको आयोगको प्रतिवेदनमा जनाइएको छ ।…