एजेन्सी - संयुक्त राष्ट्रसंघले विगत लामो समयदेखि हिंसा जारी रहेको नाइजेरियाका महिला तथा बालबालिकाका लागि मानवीय सहयताको आवश्यकता रहेको बताएको छ। यहाँका बालबालिका र खासगरी पछिल्लो समयमा गर्भवती महिलाहरुमा खाद्यान्न तथा आवश्यक पोषण पुग्न नसकेकोले उनीहरुको अवस्था निकै नै नाजुक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघले बुधबार यहाँका कम्तीमा पनि ६० लाख महिला र बालबालिकामा…