मोरक्कोसँगको हारपछि ब्रसेल्समा मच्चियो दंगा

एजेन्सी - कतारमा जारी विश्वकप खेलमा मोरक्कोले बेल्जियममाथिको जितपछि ब्रसेल्समा दंगा मच्चिएको छ । बेल्जियम हारेपछि आक्रोशित बनेका मानिसहरूको एउटा समूहले कार र केही विद्युतीय स्कुटरमा आगजनी गरी दंगा मच्चाएपछि प्रहरीले एक दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । बेल्जियमको राजधानीका धेरै ठाउँहरूमा दंगा भएको थियो । दर्जनौं फुटबल प्रशंसकहरू पुलिसँग झडपमा उत्रिएका थिए ।…