तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रपति मस्काे पुग्दै

एजेन्सी- चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार रुसको राजधानी मस्को पुग्दैछन् । रुसले युक्रेन आक्रमण गरेको एक वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको रुसको भ्रमणमा निस्कन लागेका हुन् । सी जिनपिङको यो भ्रमणलाई विश्वले महत्त्वका साथ हेरेको छ । रुस र युक्रेन दुवै देशलाई युद्ध विरामका लागि आग्रह गरेका एक महिना पछि रुसी राष्ट्रपति पुटिनको निमन्त्रणामा चिनिया…