टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार पुग्यो

एजेन्सी - टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ। बुधबार बिहानसम्म टर्की र छिमेकी सिरियामा गएको भूकम्पमा परी ८ हजार बढी मानिसले ज्यान गुमाएका छन्। एएफपी समाचार संस्थाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार टर्कीमा ५,८९४ र सिरियामा कम्तीमा १,९३२ जनाको ज्यान गएको छ। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।…