युक्रेन युद्धः विजुली नभएपछि अध्यारोमा बालकको मुटुको शल्यक्रिया

एजेन्सी - राजधानी सहरमा रुसी क्षेप्यास्त्र हमला गरेपछि युक्रेनी शल्यचिकित्सकहरूको टोलीले अँध्यारो किभ अस्पतालमा एक बच्चाको मुटुको शल्यक्रिया गरेको देखाएको नाटकीय भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ । ‘युक्रेनमा रुसीहरूले गरेको मिसाइल आक्रमणको क्रममा किभको हार्ट इन्स्टिच्युटमा बिजुली काटिएको थियो । यस समयमा शल्यचिकित्सकहरूले बच्चाको आकस्मिक हृदय शल्यक्रिया गरिरहेका थिए’, सामाजिक सञ्जाल प्रयोगकर्ता इरिना भोचुकले…