काठमाण्डु – दक्षिण एसियाली मुलुक श्रीलंका स्वतन्त्र भएपछि पहिलोपटक टाट पल्टिएर इतिहासकै गहिरो आर्थिक संकटमा फसेको छ । समस्या यति जटिल छ कि आर्थिक संकटका कारण उत्पन्न खाद्यान्न, औषधि र इन्धनजस्ता अत्यावश्यक वस्तुको अभावका कारण सडकमा उत्रेका आक्रोशित प्रदर्शनकारीको सामना गर्न नसकेर श्रीलंकाका राष्ट्रपति देश छोडेर भागेका छन् । प्रदर्शनकारीले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई…