ताइपेय - चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास गरेको छ । अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवानकी राष्ट्रपतिलाई भेट्ने तयारी गरिरहेका बेला चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको हो । एक साताअघि अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा पनि चीनले यस्तै अभ्यास गरेको थियो । म्यासाचुसेट्सका सिनेटर एड मार्कीको नेतृत्वमा रहेको पाँच सदस्यीय…