एजेन्सी - क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनले देशको चुनावमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । ट्रुडोले बेइजिङले लोकतन्त्रसँग ‘आक्रामक खेल’ खेलेको र क्यानाडाका संस्थाहरूलाई निशाना बनाएको आरोप लगाए । क्यानाडाली गुप्तचरले हालैको चुनावमा बेइजिङ समर्थित उम्मेद्वारहरूको “गुप्त नेटवर्क“ पहिचान गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाइरहेका बेला प्रधानमन्त्री ट्रुडोको भनाइ आएका हो । सन् २०१९ को…