न्युयोर्क - रुसको युक्रेनी विशेष सेवाले राष्ट्रपति भ्लादिमिर पुटिनका एक सहयोगीकी छोरीलाई सप्ताहन्तमा कार बम विस्फोटमा मारेको आरोप लगाएको छ । रुसको राजधानी मस्कोनजिकै शनिबार २९ वर्षीया दर्या दुगिनाको गाडीमा बिस्फोटमा मृत्यु भएको हो । उनका अतिराष्ट्रवादी बाबु अलेक्ज्याण्डर डुगिनलाई लक्षित गरि उक्त विस्फोट गराइएको हुनसक्ने अनुमान गरिएको छ । विस्फोटमा आफूहरूको संलग्नताबारे युक्रेनी अधिकारीहरूले…