श्रीलंकामा विद्युत शुल्क २६४ प्रतिशतले वृद्धि

एजेन्सी - श्रीलंकाको राज्यसञ्चलित विद्युत निकायले कम खपत गर्ने उपभोक्ताका लागि २६४ प्रतिशतले विद्युत महसुल बढाउने भएको छ । जबकी उच्च प्रयोगकर्ताहरूका लागि भने थोरै महसुल बढाउनेछ । घाटामा रहेको सिलोन विद्युत बोर्ड (सीईबी)ले बुधबारदेखि नयाँ शुल्क तोकेको हो । बोर्डले नौ वर्षमा पहिलो पटक उच्च वृद्धि गरेको हो । सीइबीले आठ सय प्रतिशतभन्दा बढी शुल्क…