एजेन्सी - युक्रेनले मारिओपोलको एजोभस्टाल स्टिल कारखानामा दुई महिनाभन्दा बढी समयदेखि फसेका आफ्ना सयौं लडाकुलाई बाहिर निकालेको पुष्टि गरेको छ । घाइते ५३ जना सैनिकलाई रुस समर्थित विद्रोहीको कब्जामा रहेको नोभोआजोभस्क सहरमा लगिएको युक्रेनी उपरक्षा मन्त्री हन्ना मलियारल बताइन् । अरु २११ लाई मानवीय कोरिडोर प्रयोग गरेर विद्रोही नियन्त्रित अर्को सहर ओलेनिभका पठाइएको उनले बताइन…