एजेन्सी - हुवावेकी कार्यकारी वित्तीय अधिकृत मेङ वान्जू रिहा भएकी छन् । उनलाई शुक्रवार सांझ रिहा गरिएको हो । वान्जू सन् २०१८ को डिसेम्बरमा क्यानडामा पक्राउ परेकी थिईन। उनलाई अमेरिकाको आग्रहमा पक्राउ गरिएपछी चीन र क्यानडाबीचको सम्बन्ध तनावग्रस्त भएको थियो । क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले मेङको रिहाइको पुष्टि गरेका छन् । उनि हुवावेका संस्थापककी छोरी…