एजेन्सी - नेदरल्याण्ड्समा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लागू गरिएको प्रतिबन्धहरुको विरोधमा प्रदर्शन गर्नेहरुमाथि प्रहरीले गोली चलाएको छ । रोट्टरड्याममा प्रदर्शनकारीहरुले प्रहरीको कारमा आगो लगाउनुका साथै ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले गोली चलाएको हो । उक्त झडपमा दुई जनालाई गोली लागेको र सात जना घाइते भएका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सञ्चार माध्यमका अनुसार…