ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

एजेन्सी- दक्षिणपूर्वी ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या शुक्रबार बढेर १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको सङ्ख्या झण्डै दोब्बर भएर २०० भन्दा बढी पुगेको बताएको छ । मङ्गलबारको भारी वर्षाले नदीहरूमा पानीको बहाव बढेको र धेरै घरहरू…