एजेन्सी - अफगानिस्तानमा इस्लामिक स्टेट खोरासान प्रोभिन्स (आईएसकेपी) नामक आतंकवादी संगठनको एक अड्डा तालिबानले ध्वस्त पारेको छ । आइतबार आर्ईएसकेपीले एक मस्जिदमा गरेको बम आक्रमणमा पाँचजना मारिएपछि तालिबानले उसविरुद्ध कारवाही चलाएको अन्तराष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् । तालिबानका मुख्य प्रवक्ता जबीउल्लाह मुजाहिदको मृत्युपछिको समारोह आयोजना गरिएको स्थान काबुलको ईदगाह मस्जिदमा उक्त आक्रमण गरिएको थियो ।…