हामी अफगानी नागरिकका सेवक हौं, कसैसँग बदला लिँदैनौं : तालिवानी प्रवक्ता

काठमाण्डु – विद्रोही संगठन तालिबानले आफुहरु अफगानी नागरिकको सेवक भएको बताएको छ । बीबीसीका संवाददाता यालदा हकिमसँगको कुराकानीमा तालिवानका प्रवक्ता सुहैल शाहीनले काबुलका कतिपय इलाकामा चोरी र लुटपाट भएको सूचना आएको भन्दै शान्ति सुरक्षा कायम गर्न आफ्ना लडाकु परिचालन गरिएको जनाएको बताएका हुन् । उनले अफगानिस्तान र खासगरी काबुलका नागरिकसँग कुनै बदला नलिने बताए ।…