एजेन्सी – सरकार गठनको विषयलाई लिएर तालिवान नेताबीच गम्भिर विवाद देखिएको छ । तालिवानका वरिष्ठ नेताहरूले नै सरकार गठनमा बिबाद भएको स्वीकारेका छन् । समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरदार र मन्त्रिपरिषद्का एक सदस्यबीच राष्ट्रपति निवासमा विवाद भएको हो । बरदार लामो समय सार्वजनिक नभएपछि तालिवान समूहमा केही विवाद भएको हुन सक्ने अनुमान गरिएको थियो…