किंशासा – पूर्वी लोकतान्त्रिक गणतन्त्र कंगोको गोमा क्षेत्रको न्यामुलागीरा पर्वतको उत्तरी भागमा शनिबार पुनः ज्वालामुखी विस्फोट भएको सरकारी स्रोतले जानकारी दिएको छ । यहाँ भएका स्थानीय वासिन्दालाई अन्यत्र सुरक्षित स्थानमा सार्न संयुक्त राष्ट्रसंघले सहायतार्कीहरुले बढाएको बताइएको छ । यसअघि गत मे २२ का दिनमा कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा ज्वालामुखी विस्फोट भएको थियो…