एजेन्सी - इजरायलकाे एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा दर्जनौँ मानिसको मृत्यु भएको छ। इजरायलकाे हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको हाे । उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए। आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन्। तर धेरै भिड भएकाले उद्धार…