एजेन्सी – इरानको संसद्ले संयुक्त राष्ट्रसङ्घीय अनुगमनकर्तालाई आफ्नो परमाणु क्षेत्रको निरीक्षण गर्न रोक्ने र युरेनियम थप संवर्द्धन गर्ने कानुनलाई स्वीकृत गरेको छ । उक्त विधेयक अनुसार सरकारले २० प्रतिशतसम्म युरेनियम संवर्द्धनलाई पुनः सुरु गर्नुपर्नेछ । सन् २०१५ को परमाणु सम्झौतामा यदि अन्तर्राष्ट्रिय प्रतिबन्धलाई दुई महिनाभित्र खुकुलो नपारिए ३.६७ प्रतिशतले संवर्द्धन गर्न सकिने बुँदा थियो ।…