टिकटक र वीच्याट ‘खतरनाक’ भन्दै ट्रम्पले लगाए प्रतिबन्ध

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक र वीच्याटमा प्रतिबन्ध लगाएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षाका लागि भन्दै प्रतिबन्ध लगाएको यो एप ४५ दिनपछि लागू हुनेछ । ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि प्रतिबन्ध लगाउन हस्ताक्षर गरेका छन् । अमेरिकाले देशको सुरक्षाका लागि टिकटकविरुद्ध आक्रामक कदम चाल्नुपर्ने आदेशमा उल्लेख छ ।…