अदालतले भन्यो : मृत्युदण्ड अगाडि नै मुसर्रफको मृत्यु भए तीन दिनसम्म शव झुन्ड्याउनू

एजेन्सी – पाकिस्तानको अदालतले पूर्वसैनिक शासक परवेज मुसर्रफलाई मृत्युदण्ड कार्यान्वयन हुनुअघि उनको मृत्यु भएमा उनको शवलाई घिसार्दै संसदबाहिर ल्याएर तीन दिनसम्म झुन्ड्याउन आदेश दिएको छ । मंगलबार उनलाई गम्भीर देशद्रोहको आरोपमा मृत्युदण्ड सुनाएको पाकिस्ताको विशेष अदालतले बिहीबार त्यसको पूर्ण पाठ जारी गर्दै सो आदेश दिएको अन्तर्रा्ष्ट्रिय समाचारहरूले जनाएका छन् । अदालतले फैसला कार्यान्वयन गर्नुअघि नै…