भारतको गुप्तचर संस्था‘रअ’लाई प्रतिबन्ध लगाउन सिफारिस

काठमाण्डु - अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा अल्पसंख्यकहरूलाई नराम्रो व्यवहार भइरहेको आरोप लगाएको छ। जसका कारण पनि आयोगले भारतको जासुसी एजेन्सी ‘रअ’लाई प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो। अमेरिकी आयोगले सिख पृथकतावादीहरू विरुद्धको हत्याको षड्यन्त्रमा गुप्तचर निकायको संलग्नता रहेको आरोप पनि लगाएको छ। आयोगले भारतलाई ‘विशेष चासोको देश’ घोषणा गर्न पनि सिफारिस गरेको छ ।…